Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

सप्तकोशी हत्याउने भारतीय चाल


काठमाडौं । विहारलाई जोगाउन नेपाललाई डुबाउने भारतीय ग्राण्ड डिजायनअनुसार सप्तकोशी उच्चबाँध निर्माणको चर्चा फेरि चलेको छ । पूर्वी नेपालका एक सय ५६ वटा गाउँबस्ती डुबाएर विहारमा बाढी नियन्त्रणसहित भारतमा हरित क्रान्ति ल्याउने योजना हो । सप्तकोशी उच्चबाँध निर्माणमा पछिल्लोपटक विहारका मुख्यमन्त्री नितिशकुमार भित्री सहमति जुटाउन काठमाडौँ आएका थिए ।

नेपाली काँग्रेसको अधिवेशनमा सहभागी हुन काठमाडौँ आएको निहुँ बनाएका नितिशको भ्रमणको भित्री उद्देश्य सप्तकोशी उच्चबाँध निर्माणका लागि लबिङ गर्नु रहेको थियो । बराह क्षेत्रमा दुई सय ६९ मिटर अग्लो बाँध निर्माण गरी तीन हजार तीन सयसय मेगावाट विद्युत उत्पादनका साथ विहारलाई बाढीमुक्त बनाउने भारतीय योजना छ । सप्तकोशी उच्चबाँध आयोजनाबाट तीन हजार तीन सय मेगावाट विद्युत उत्पादनका लागि करिब एक लाखको हाराहारीमा डुबान क्षेत्रका बासिन्दा विस्थापित हुनेछन् । विस्थापितहरुको पुनस्थापना त्यो भन्दा जटिल देखिन्छ । तर, नितिश कुमारले स्वदेश फर्केपछि नेपालका प्रमुख राजनीतिक दलका नेता तथा प्रधानमन्त्रीसँग सप्तकोशी उच्चबाँध निर्माणबारे कुरा भएको र नेपाली नेताहरुसँग यस विषयमा फलदायी वार्ता भएको बताएका छन् । नेपालले सप्तकोशी उच्चबाँधबाट विद्युत उत्पादन गरी भारतलाई बेचेर आयआर्जन गर्नसक्ने बताएका छन् ।

सप्तकोशीको तल्लो तटीय लाभ (सिँचाइ र बाढी नियन्त्रण) एकलौटी रुपमा हत्याउने दाउमा भारत रहेको बुझ्न गाह्रो छैन । नेपालमा बन्ने कुनै पनि जलाशय आयोजनाको तल्लो तटीय लाभको ग्यारेण्टी नहुनु भनेको भारतलाई कौडीको मूल्यमा विद्युतभन्दा निर्विकल्प वस्तु पानी उपलब्ध गराउनु हो । नितिशकुमारले नेपालको पानी हत्याउने भारतीय नीतिअनुसार बोलेका छन् । उनले नेपालले जलविद्युत विकासमा भूटानी मोडेल अपनाउन अर्ति दिएका छन् ।

सप्तकोशी हत्याउने भारतीय चाल Reviewed by marumala srinu on 3:29 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.