Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अमेरिकी मुलुकमा सैनिक विमान दुर्घटना, सवार सबै २२ जनाको मृत्यु

दक्षिण अमेरिकी मुलुक इक्वेडरमा सैनिक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै २२ जनाको ज्यान गएको छ । विमान इक्वेडरको पूर्वी प्रान्त पास्टासाको अमेजन क्षेत्रमा दुर्घटनामा परेको हो ।

इक्वेडरका राष्ट्रपति राफाइल कोरेयाले ट्वीट गरेर घटनाको पुष्टी गरेका हुन् । दुर्घटनामा कोही पनि बाच्न सफल नभएको राष्ट्रपति कोरेयाले बताएका छन् । उनले ज्यान गुमाएकाहरुका परिवारमा समवेदना पनि व्यक्त गरेका छन् ।

ज्यान गुमाउनेमा चालक दलका दुई, एक प्राविधिक र १९ जना इक्वेडरियन सैनिक छन् । ती सैनिक प्यारासुटिङको तालिमका लागि गएका थिए । इजरायलमा बनेको आराभा विमान नेपाली समय अनुसार बिहान सवा १ बजे दुर्घटना भएको हो । दुर्घटनाको कारण भने थाहा भएको छैन ।



अमेरिकी मुलुकमा सैनिक विमान दुर्घटना, सवार सबै २२ जनाको मृत्यु Reviewed by marumala srinu on 2:57 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.