Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

२२ सहसचिवको पदस्थापन, को कहाँ पुगे ?

२ चैत, काठमाडौ । सामान्य प्रशासन मन्त्रालय अन्तर्गत अतिरिक्त समूहमा रहेका २२ सहसचिवहरुलाई मन्त्रिपरिषदको बैठकले पदस्थापन गरेको छ ।

यसअघि उपसचिवबाट बढुवा भएका सहसचिवहरुको कार्यालय टुंगो नलागेपछि अतिरिक्त समूहमा राखिएको थियो ।

को कहाँ ?

सोमबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद बैठकले २२ सहसचिवहरुको पदस्थापन गरेको छ । जसअनुसार बाबुराम गौतम र हरिप्रसाद पन्थीलाई गृह मन्त्रालयमा तथा सीताराम कार्की र मित्रलाल रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ ।

सुरेन्द्र सुवेदी र दीपकुमार श्रेष्ठ विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन् । यस्तै कृष्णप्रसाद पौडेललाई राष्ट्रपतिको कार्यालय, हरिशरण पुडासैनीलाई अर्थ मन्त्रालय, प्रेमप्रसाद पौडेललाई लोकसेवा आयोग र विश्वराज पाण्डेलाई सीप विकास तालिम केन्द्रमा पठाइएको छ ।

राधाकृष्ण प्रधानलाई सत्यनिरुपण तथा मेलमिलाप आयोग, सनत केसीलाई सिँचाइ मन्त्रालय, तेजराज पाण्डेलाई युवा तथा खेलकुद मन्त्रालय र परुषोत्तम नेपाललाई स्थानीय विकास मन्त्रालयमा पठाइएको छ ।

यस्तै पर्यटन मन्त्रालयमा सुदर्शन ढकाल, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा रामप्रसाद भट्टराई, सरकारी तथा गरिबी निवारणमा केशवप्रसाद रेग्मी र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा सुरेश अधिकारीको पदस्थापन भएको छ ।

कुलप्रसाद चुँडाललाई रक्षा, शत्रुघ्न पुडासैनीलाई श्रम तथा रोजगार र आनन्दराम रेग्मीलाई आपूर्ति मन्त्रालयमा जिम्मेवारी तोकिएको छ । यसअघि चुडाल, पुडासैनी र रेग्मीलाई राष्ट्रिय पुनर्निमाण प्राधिकरणमा काजमा पठाइएको थियो ।


२२ सहसचिवको पदस्थापन, को कहाँ पुगे ? Reviewed by marumala srinu on 8:25 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.