घाम झुल्कने बित्तिकै ग्रहण लाग्यो के के गर्न हुँदैन!!!
काठमाडौं, २६ फागुन बुधबार बिहान ६ बजेर २२ मिनेटमा घाम झुल्कने बित्तिकै ग्रहण देखिएको छ । खण्डग्रास सूर्य ग्रहण बिहान ७ बजेर २ मिनेटसम्म रहनेछ । ग्रहणको बेला सूर्यको विकिरण सिधै आउने भएकाले नांगो आँखाले हेर्न नहुने वैज्ञानिहरुकले सजक गराउँदै आएका छन् ।
त्यसो त ग्रहण नलागेको बेला पनि सूर्यलाई नांगो आँखाले हेर्न हुँदैन । तर ग्रहण लागेको बेला कस्तो रहेछ भनेर आँखा चिमचिम गरेर पनि हेर्ने धेरैको बानी हुन्छ । यसो गर्दा आँखा नदेख्ने सम्भावना पनि हुन्छ ।
ज्योतिषशास्त्रीहरुले पनि ग्रहणको बेला धेरै कुरा गर्न नहुने बताउँदै आएका छन् । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमका अनुसार ग्रहणको बेला यी काम गर्न हुँदैन
शुभ कार्य गर्न हुँदैन
दिशापिसाव समेत गर्न हुँदैन
खाना खान हुँदैन
संभोग गर्न हुँदैन
यात्रा गर्न हुँदैन
सुत्न हुँदैन
श्रृँगारपटार गर्न हुँदैन
घाम झुल्कने बित्तिकै ग्रहण लाग्यो के के गर्न हुँदैन!!!
Reviewed by marumala srinu
on
5:39 PM
Rating:
Reviewed by marumala srinu
on
5:39 PM
Rating:

No comments: