Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

अाजकाे राशिफल वि.सं. २०७२ चैत्र ०२ गते मङ्गलबार तदनुसार ई. सं. २०१६ मार्च १५ तारिख,

अाजकाे राशिफल वि.सं. २०७२ चैत्र ०२ गते मङ्गलबार तदनुसार ई. सं. २०१६ मार्च १५ तारिख,
किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य
उत्तरायण, वसन्त ऋतु, ने.सं. :— ११३६,
(चिल्लाथ्व)


इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान
०६:०८ बजे र सूर्यास्त : साँझ ०६:०४ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान


०६:१६ बजे र सूर्यास्त : साँझ ०६:११ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय :


बिहान ०६:२२ बजे र सूर्यास्त : साँझ ०६:१७
बजे
फाल्गुन शुक्लपक्षको सप्तमी तिथि, साँझ
०४:४२ बजेसम्म, त्यसपछि अष्टमी तिथि,
रोहिणी नक्षत्र, दिउँसो ०१:३६ बजेसम्म,

त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष
राशिमा, मध्यरात्रीपछि ०१:०६ बजेसम्म,
त्यसपछि मिथुन राशिमा,


प्रीति योग, साँझ ०५:२१ बजेसम्म, त्यसपछि
आयुष्मान् योग,



विष्टि (भद्रा) करण, साँझ ०४:४२ बजेसम्म
त्यसपछि बब करण,

आनन्दादि योग : मात्तङ्ग, चन्द्रवर्ण : सेतो,
चन्द्रदिशा : दक्षिण, योगिनीदिशा :

वायव्य, वारशूल : उत्तर, नक्षत्रशूल : पश्चिम,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा),
अग्निवास(होमादि),


आगामी ३ दिनभित्र पर्ने
व्रत÷पर्व तथा शुभ मूहुर्त :
भोलिको व्रत÷पर्व : बुधाष्टमी व्रत,

गोरखकाली पूजा, चिरोत्थान,
होलिकारम्भ, नेवारी पर्व चिरस्वाय,
भोलिको मूहुर्त : कर्णवेध(कान छेड्ने), पसल

थाप्ने, शिलान्यास(जग राख्ने), पुराणश्रवण,
०४ गते : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास
(होमादि),

०५ गते : ब्रतबन्ध (उपनयन), अन्नप्राशन
(पास्नी), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ,
द्रव्यप्रयोग वा लगानी, घर छाउने÷ढलान
गर्ने,


आजको राशि
मेष (चु, चे, चो, ला, लि, लु, ले,
लो, अ) –
सामाजिक
र व्यक्तिगत
प्रतिष्ठा
स्थापना
गर्ने राम्रो
मौका छ ।
पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ ।
आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग
भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन
रमाउनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने
योग छ । कुनै नयाँ ठाउँमा निवेश र
लगानीको वातावरण बन्नेछ । आजका
लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि
आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ



बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे,
बो) –
छिटो
समाप्त हुने
कामबाट
राम्रै
फाइदा लिन
सकिन्छ, तर
दीर्घकालिक कामको थालनी गर्दा पछि
पछुतो हुनसक्छ । निर्माण तथा व्यवहारिक
क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै
उत्ताउलो र भावुक बन्न सक्छ ।
कामधन्दाप्रति दिलचस्पी हुने छैन, तर अल्छी
गरेमा कुनै आवश्यक काम रोकिन सक्छ ।
आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा
घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ नमः शिवाय
यस मन्त्रको कम्तीमा २१ पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



मिथुन (का, कि, कु, घ, ङ, छ, के,
को, ह) –
बाह्रौं
चन्द्रमा
रहेकाले
मनमा
उदासीनता
आउने छ ।
आम्दानीको
बाटो असहज
बन्नसक्छ,
विश्वास गरेका व्यक्तिबाट नै धोका हुने
सम्भावना छ । बन्दव्यापार तथा
पेसाव्यवसायमा ध्यानकेन्द्रित हुन सक्दैन र
पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ
। दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन ।
आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो
हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा
जानु अघि आज ॐ शं शनैश्चराय नमः यस
मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।



कर्कट (हि, हु, हे, हो, डा, डि, डु,
डे, डो) –
सानातिना
कुरामा
अल्मलिनु
पर्ने भएकाले
केही
महत्वपूर्ण
अवसर
गुम्नसक्छन् ।
महत्वपूर्ण
काममा ढिलासुस्ती हुने सम्भावना समेत छ ।
तर आत्मविश्वास र पराक्रममा कमी आउने
छैन त्यसैले मन एकचित्त बनाएर लक्ष्य
प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ ।
धार्मिक तथा आध्यात्मिक क्षेत्रबाट लाभ
हुन्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग
सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय
नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।




सिंह (मा, मि, मु, मे, मो, टा, टि,
टु, टे) –
अचलसम्पत्ति वा पैतृक धनको कारोबारबाट
सामान्य लाभ लिन सकिने छ, तर श्रमको
मूल्याङ्कन हुन नसक्दा निराशा हुनेछ ।
आम्दानीका मार्गहरू देखिने छन्, तर खट्ने
अनुकूलता नहुनाले दिक्क लाग्नेछ । थोरबहुत
आय भए पनि खर्चको मात्रा बढ्न सक्छ ।
शत्रुबाट सजग भई आलोचनाबाट बच्ने प्रयास
गर्नुहोला । आजका लागि शुभअङ्क २ र
शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ सों सोमाय
नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे,
पो) –
प्रेम र
भाइचारा
जीवन्त
तुल्याउने
अवसर प्राप्त
हुनेछ ।
मातापिता,
अभिभावक
मान्यजनको आशीर्वचन प्राप्त हुनेछ ।
धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न
हुनुपर्ने छ । कुनै खोला वा पोखरीका
जलजन्तुलाई खानेकुरा प्रदान गरेमा
रोकिएका काम पूरा गर्न विशिष्ट
व्यक्तिको सहयोग र सल्लाह प्राप्त हुनेछ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी
हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा
जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस
मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।




तुला (र, रि, रु, रे, रो, ता, ति, तु,
ते) –
मनमा
अशान्ति र
छटपटी
व्याप्त हुने छ
। घरायसी
वातावरण,
दाम्पत्य र
प्रणयसम्बन्धमा आज असहजता आउनसक्छ ।
कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु
नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै
महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई
स्थगित गर्नु होला । प्रतिष्ठा प्राप्तिका
लागि संघर्ष गर्नुपर्छ । आजका लागि
शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो
हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा
जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस
मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।




बृश्चिक (तो, ना, नि, नु, ने, नो,
या, यि, यु) –
अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको
सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ ।
मानप्रतिष्ठा र सामाजिक मर्यादामा
अभिवृद्धि हुनेछ । घरायसी काममा समय र
धन खर्च हुनेछ । पारिवारिक जीवनमा
रमाइलोपना आउने छ । आम्दानीमा कमी हुने
छैन । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि
राम्रो दिन छ । आजका लागि शुभअङ्क ५ र
शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म
गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ
नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा
९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त
हुनेछ ।



धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ,
भे) –
आज
गरिएका
उद्यममा
सफलता
प्राप्त हुनेछैन
व्यवसायिक
स्थितिमा
सुधारको
सङ्केत छैन । स्वास्थ्यको कमजोरी र
मानसिक विचलनबाट जोगिने प्रयास गर्नु
राम्रो हुन्छ । हडबड र शीघ्रताले काम गर्ने
प्रवृत्तिमा नियन्त्रण गर्नुस् । पछाडि बसेर
खिसीट्युरी गर्नेले तपाईंको छवि बिगार्ने
प्रयास गर्नेछन् । आजका लागि शुभअङ्क ७ र
शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ
मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ



मकर (भो, ज, जि, खि, खु, खे,
खो, गा, गि) –
छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ ।
इष्टमित्रले प्रशंसा गर्नेछन् । विगतमा गरेको
परिश्रमको प्रतिफल प्राप्त हुनेछ,
रोकिएका काम बन्ने योग छ । पठनपाठनमा
प्रगति हुनेछ । विशेष सभासमारोहमा
सहभागी बन्ने मौका छ । आम्दानीका
मार्गहरू खुल्ला रहनेछन् । आजको चिन्तन र
उपायले काम गर्नसक्छ । आजका लागि
शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि
आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा
२३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त
हुनेछ ।





कुम्भ (गु, गे, गो, सा, सि, सु, से,
सो, द) –
परिवारभित्रकै सदस्य वा आफन्तको
स्वास्थ्यमा समस्या देखिनाले समय र धन
खर्च हुने सम्भावना छ । शरीरमा आलस्य र
थकानको अनुभूति हुनेछ । खानपिनमा
नियन्त्रण गर्नु बेस हुनेछ, पाचनप्रणालीमा
बिग्रन सक्छ । जीवनसाथीसित ठाकठुक
पर्नसक्छ । बौद्धिकता र ज्ञानगुनको
क्षेत्रमा समेत राम्रो छैन । आजका लागि
शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि
आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको
कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।




मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,
चि) –
मनमा
दोधार
भइरहने छ ।
पढाइलेखाइमा ध्यान केन्द्रित हुन सक्दैन ।
भोजभतेर र खानपिनका कार्यमा नहौसिनु
राम्रो हुन्छ, पाचनप्रक्रियामा विकार
आउन सक्छ । झिनामसिना र सानातिना
कुरामा रुमल्लिएर आजको दिन व्यतीत
हुनसक्छ । छोराछोरी, भाइबहिनी र
बन्धुबान्धवले जानेको र सकेको सहयोग
गर्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग
सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः
यस मन्त्रको कम्तीमा ११ पटक जप गरी
आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।



(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय,
सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा
उल्लिखित समयादि इटहरी, सुनसरी,
नेपालको अक्षांश : २६ः४० उत्तर तथा
देशान्तर : ८७ः१६ पूर्व र नेपालको
निर्धारित राष्ट्रिय समयलाई आधार मानी
सूर्यसिद्धान्तको प्रयोग गरी गणना
गरिएको हो, साथै राशिफल लेख्दा
चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने
शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र
विपरीत वेधस्थान समेतको गणना गरिएको
छ )

अाजकाे राशिफल वि.सं. २०७२ चैत्र ०२ गते मङ्गलबार तदनुसार ई. सं. २०१६ मार्च १५ तारिख, Reviewed by marumala srinu on 2:30 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.