Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

काम गर्ने वातावरण नभएको भन्दै रामचन्द्र पौडेल पुत्रद्वारा राजीनामा

काठमाडौं–विभागीय मन्त्री र कर्मचारीले असहयोग गरेको भन्दै गरिब घर परिवार सहयोग समन्वय सचिवालय बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले राजीनामा दिएका छन्। पौडेलले बुधबार सहकारी तथा गरिवी निवारणमन्त्री चित्रबहादुर केसीसमक्ष राजीनामा बुझाएका छन्। 

पौडेललाई तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले ०७१ कात्तिक २४ गते बोर्डको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको थियो। कांग्रेस नेता रामचन्द्र पौडेलका पुत्र चिन्तनलाई बोर्डको कार्यकारी उपाध्यक्ष बनाएको भन्दै पौडेलको चर्को आलोचनासमेत भएको थियो।

आफ्नो राम्रो र छिटो काम गर्ने स्वभाव रहेपनि कर्मचारीतन्त्रको असहयोग र ढिलासुस्तीका कारण काम गर्न नपाएको पौडेलले बताए। 'मैले कसैको छोरो भएर सो पदमा पुगेको होइन,' पौडेलले नागरिकन्युजसँग भने, 'म आठवर्ष बेलायतमा बसेर काम गरेको व्यक्ति हुँ, आफ्नै योग्यताले सो पदमा पुगेको हुँ।' विदेशमा र नेपालमा पनि आफूले विभिन्न प्रोजेक्टमा काम गरेको भन्दै कर्मचारीतन्त्र र विभागीय मन्त्रीको असहयोगका कारण काम गर्न नपाएको जिकिर गरे। 'एउटा फाइल ९० दिनसम्म कसैको टेवुलमा अड्काउने काम भयो,' उनले भने,'९० दिनका दिन पछि नियतवस विभिन्न वहाना बनाएर फाइल फिर्ता हुन्छ भने कसरी काम गर्न सकिन्छ?'

आफू बोर्डको कार्यकारी उपाध्यक्ष भएपनि केही अधिकार नदिइएको उनले गुनासो सुनाए। 'म कार्यकारी तर काम गर्ने अधिकार छैन,' उनले भने, 'कानूनमा कार्यकारी लेखिएपनि व्यवहारमा त्यस्तो केही पनि देखिएन।' आफूले अधिकारको प्रयोग गर्न नपाएको उनको भनाइ छ।

१५ महिनासम्म बोर्डको बैठक नबसेको अवस्थामा आफूले वर्षमा ५ पटकसम्म बैठक गराएर राम्रो कामको सुरुवात गरेको उनले दाबी गरे। 'बोर्डको अस्थायी संरचना भएकाले मैले यसलाई स्थायी बनाउन निकै कोसिस गरेँ,' उनले भने,' तर मलाई कतैबाट सहयोग भएन।'

गरिव घरपरिवारको पहिचान गरी परिचयन पत्र वितरण र व्यवस्थापन गर्ने जिम्मेवारी पाएको बोर्डले यही वर्ष २५ जिल्लाको काम सक्नुपर्ने तोकिएको छ।

काम गर्न नसकेर राजीनामा दिएका होलान्ः मन्त्री केसी

विभागीय मन्त्री र कर्मचारीले असहयो गरेको भन्दै राजीनामा दिएको बताएका पौडेलको भनाइप्रति आपत्ति जनाउँदै सहकारी तथा गरिवी निवारणमन्त्री चित्रबहादुर केसीले काम गर्न नसकेर राजीनामा दिएको हुनसक्ने बताए। आफूले हटाउने भए मंसिरमहिनामा नै हटाउन सक्ने भन्दै उनले राम्रो काम गर्नेलाई आफूले जहिले पनि सहयोग गर्ने बताए।

'उहाँले आज राजीनामा बुझाउनु भएको छ,' उपप्रधान तथा गरिवी निवारणमन्त्री केसीले नागरिकन्युजसँग भने,'मैले हटाउने भए मंसिर महिनामै हटाउँथे। कात्तिक २० गते मन्त्रालय सम्हालेको मैले अहिलेसम्म किन कुर्थें?' सुरुमा पौडेलको योजना सुनेर आफू निकै उत्साहित बनेको बताएका केसीले पछिल्लो समय छिटो काम गर्न नसकेको बताए। 'मैले उहाँलाई काम छिटो गर्नुस् यो वर्ष २५ जिल्लाको काम सक्नुपर्छ मात्र भनेको हो,' उनले भने,'यतिधेरै समय काम गरेर रिजल्ट आउने बेलामा राजीनामा दिनुको कारण मैले पनि बुझेको छैन।' पौडेलको राजीनामा स्वीकृत भैसकेको छैन।



काम गर्ने वातावरण नभएको भन्दै रामचन्द्र पौडेल पुत्रद्वारा राजीनामा Reviewed by marumala srinu on 8:07 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.