सरकारले सातै प्रदेशमा एक —एक ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने
सुर्खेत ०३ चैत्र । सरकारले संघीयताको नयाँ सीमांकनअनुसार विभाजन गरिएका सातै प्रदेशमा एक एक ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने भएको छ । प्रदेश नम्बर ६ मा सुर्खेत र जुम्ला तथा प्रदेश ७ मा कञ्चनपुरको दैंजीमा औद्योगिक क्षेत्र स्थापना गरिने भएको छ । त्यस्तै, प्रदेश ५ मा बुटवलको मोतीपुरमा ठूलो औद्योगिक क्षेत्र स्थापना हुने उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो । संविधान निर्माणपछि मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन थप औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको उहाँले वताउनुभयो । यसको नीतिगत निर्णयका लागि उद्योग मन्त्रालयले मन्त्रीपरिषद्मा प्रस्ताव पठाइसकेको छ । प्रस्तावमा सबै प्रदेशमा हजार बिघा क्षेत्रफलभन्दा बढी जमिनको पहिचान समेत गरी प्रक्रिया अघि बढाउन स्विकृति मागिएको छ । मन्त्रीपरिषद्ले प्रस्ताव स्विकृत गरेमा सातै प्रदेशमा नयाँ औद्योगिक क्षेत्र थपिनेछन् ।
सरकारले सातै प्रदेशमा एक —एक ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने
Reviewed by marumala srinu
on
11:22 PM
Rating:
No comments: