Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

बिदेश गएको छोरो ७ बर्ष भयो अहिलेसम्म पनि फोन गरेको छैन, अव म कहाँ जाउ, तपाईंहरुले खोजीदिनु, मेरो छोरो पत्तो लगाईदिनु पर्‍यो ।

रामकुमार थापा - धादिङ, चैत २ - धादिङका रामबहादुर गुरुङ वितेका सात वर्षदेखि परिवारसँग सम्पर्कमा हुनुहुन्न । २०६२ सालमा रामबहादुर मलेसिया जानुभएको थियो । छोरो विदेशमा बेखबर बनेपछि निलकण्ठ नगरपालिका १३ का कुलबहादुर गुरुङको भोक निन्द्रा हराएको छ । दुई भाई छोरा मध्ये जेठो छोराको केहि वर्ष पहिले निधन भएको थियो । जेठो छोरो गुमाएको धेरै समय नहुँदै कान्छो पनि विदेशमा बेखबर बनेपछि उहाँको पिडामा अर्को पिडा थपिएको छ ।

काठमाडौंको लक्की म्यानपावरबाट गएका राम बहादुरले तीन वर्षसम्म परिवारलाई फोन गर्नु भएको थियो । तर अहिले उहाँलाई पठाएको म्यानपावर पनि बन्द भयो, उता, राम बहादुरको खुट खबर केहि छैन् । अहिले यो म्यानपावर कम्पनी कारबाहीमा परिसकेको छ । घरमा बुढा बुवा–आमा र बुहारी नातीनातिनाको स्याहारसुसार गरिरहनु भएको छ । परिवार सात वर्ष देखि हराएको छोरो फर्किने आशमा छ ।

छोरो खोजिदिन आग्रह गर्दै धादिङको सूचना केन्द्रमा आएका बुबा कुलबहादुरले भन्नुभयो, ‘पहिला पल्लो पसलमा फोन गर्थ्येा। अहिलेपनि बेलाबेलो सोध्छु तर फोन गरेको छैन र मसँग भएको नम्बरमा फोन गरिदिनु भन्छु फोन लाग्दैन । अव म कहाँ जाउँ ? तपाईंहरुले खोजीदिनुहुन्छ रे लौ न मेरो छोरो पत्तो लगाईदिनु पर्यो ।’जेठो छोराको निधन भएपछि पीरमा डुबेको परिवार रामबहादुरको आशमा थियो । 

विदेश गएपछि कमाउला र बुढेसकालमा केहि सहज बनाउला बालबच्चा पढाउला भन्ने आश थियो । तर रामबहादुर नै बेपत्ता भएपछि परिवारमा समस्या देखिएको छ । रामबहादुर भन्नुहुन्छ, ‘म जस्तो अभागि कोहि रहेनछ, कि मेरो छोरालाई कसैले कैफियत पो गर्यो कि ।’

सूचना केन्द्रमा छोरो खोज्न सहयोग माग्दै आएका कुलबहादुरसँग छोरो विदेश जाँदाका कुनैपनि कागजात छैनन् । आवश्यक कागजात नहुँदा खोजी गर्न समस्या भएको सुरक्षित आप्रवासन परियोजना धादिङकी कार्यक्रम संयोजक गंगा सुवेदीले बताउनुभयो । 
बिदेश गएको छोरो ७ बर्ष भयो अहिलेसम्म पनि फोन गरेको छैन, अव म कहाँ जाउ, तपाईंहरुले खोजीदिनु, मेरो छोरो पत्तो लगाईदिनु पर्‍यो । Reviewed by marumala srinu on 11:31 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.