Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

मलेसियामा नेपाली सुरक्षागार्डको एकाधिकार तोडिदै

काठमाडौँ,   मलेसियामा नेपाली सुरक्षागार्डको एकाधिकार समाप्त हुन सक्ने देखिएको छ । मलेसियाले नेपालबाहेकका मुलुकबाट पनि सुरक्षागार्ड लिने गरी आफ्नो नीतिको समीक्षा सुरु गरेपछि नेपाली एकाधिकार तोडिने अवस्था आएको हो ।

मलेसियाले अहिले नेपालीलाई मात्रै सुरक्षागार्डका रुपमा लैजान पाउने नियम बनाएको छ । मापदण्ड बिपरित गैह्र सैन्य जनशक्ति आपूर्ति गरेको भन्दै नेपाली गार्डको विकल्प खोज्ने तयारी गरिएको हो ।

अब श्रीलंका, भारत, बंगलादेशलगायतका मुलुकबाट पनि सुरक्षागार्ड लिनका लागि नयाँ नीति बनाउन लागिएको जानकारी मलेसियन गृहमन्त्रालयका अधिकारीले दिएको एसियनएजले जनाएको छ ।   नेपालबाट सैन्य पृष्ठभूमीका गार्डभन्दा नक्कली प्रमाणपत्र बनाएर लैजाने क्रम तीब्र भएकाले पनि मलेसियाले आफ्नो नीतिमा पुनर्बिचार गर्न लागेको हो । मलेसियाले गत सन् २००६ मा नेपालीलाई मात्रै सुरक्षाका लागि भित्र्याउने निर्णय लिएको थियो ।


मलेसियामा नेपाली सुरक्षागार्डको एकाधिकार तोडिदै Reviewed by marumala srinu on 10:40 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.