Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

कसरी एकाएक बलिया भए शेरबहादुर देउवा ?

काठमाडौं – कांग्रेस १३ औं महाधिवेशनमा पहिलो चरणमा विजेता हुन नसके पनि शेरबहादुर देउवा अर्का प्रत्यासी रामचन्द्र पौडेलभन्दा निकै अगाडि देखिए । दोस्रो चरणमा सभापतिको प्रतिस्पर्धाको रिङबाट बाहिरिएका कृष्णप्रसाद सिटौला बाहिरिएपछि देउवा र पौडेल आमनेसामने भए । देउवाले अन्ततः बाजी मारे ।
पार्टीमा ४० प्रतिशत हिस्सा लिँदै आएको देउवा समूह मूल नेतृत्वमा पुग्दा केन्द्रीय समितिमा ६० प्रतिशतभन्दा बढी पुग्ने विश्लेषण्मा छ । पार्टीभित्र स्थायी प्रतिपक्षको भूमिकामा रहेका देउवा १३ औं महाधिवेशनमा कसरी एकाएक बलिया भए ? अहिले चर्चा छ । उनी यति धेरै बलिया भएर उदाउनुमा सभापति सुशील कोइरालको निधन मुख्य कारण रहेको जानकारहरु बताउँछन् ।
संस्थापन समूहबाट कोइराला या पौडेल उम्मेदवार को भन्ने भन्ने टुंगो लागिनसक्दै कोइरालाको निधन भयो । त्यसलगत्तै पौडेलले कोइरालापछि आफू नै संस्थापनको मुख्य नेता भएको दाबी गरे । तर, राजनीतिक विश्लेषक कृष्ण खनाल भन्छन्, ‘पौडेल सभापतिका उम्मेदवार हुन् भन्ने आम कार्यकर्ताले महसुस नगर्दै निर्वाचनमा होमिए र उनीप्रति विश्वास पलाइनसक्दै निर्वाचन भएकाले देउवा सजिलै हावी भएका हुन् ।’
संस्थापन समूहमा रहेका महामन्त्री कृष्णप्रसाद सिटौला पौडेललाई अस्वीकार गर्दै आफैं सभापतिमा अघि सरेपछि संस्थापन समूह सम्हालिन नपाउँदै विभाजित बन्न पुग्यो ।

कसरी एकाएक बलिया भए शेरबहादुर देउवा ? Reviewed by marumala srinu on 5:20 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.