Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

संयुक्त गस्तीमा नेपाल र भारतका सुरक्षाकर्मी

नेपाल र भारतका सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन्। सशस्त्र प्रहरी बल (एपिएफ) र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले साप्ताहिकरुपमा संयुक्त गस्ती थालेका हुन्।

लागू औषध ओसारपसार, मानव तस्करी, भन्सार छली, चोरीलगायत अपराध नियन्त्रणका लागि संयुक्त गस्ती थालिएको सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय महोतरीका सश्स्त्र प्रहरी उपरिक्षक सुन्दर खडकाले बताए।

उनका अनुसार भारतको मधवापुर,भिठामोड,सुरसण्ड र कन्मास्थित भारतीय सीमा सुरक्षा बल र सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागर, सशस्त्र प्रहरीका ६ बिओपी, भिठामोड भन्सार तथा राजस्व गुल्म र जिल्ला प्रहरी कार्यालयका १५/१५ जना संयुक्त गस्तीमा सहभागी छन्।

दुवै देशका सुरक्षा निकायबीच सुरक्षा सहकार्य तथा सीमा अपराध नियन्त्रण गरी सीमा क्षेत्रमा शान्ति प्रत्याभूति गर्न सफल भएको प्रहरी उपरिक्षक खडकाको दावी छ।

संयुक्त गस्तीले सीमा अपराध नियन्त्रण,सीमा क्षेत्रमा शान्ति र सुरक्षाको अनुभूति गरेको उनले बताए।

 'संयुक्त गस्तीले तस्करी, भन्सार छलिलगायत कार्यमा कमी आएको छ,' उनले भने, 'यसले एक अर्को देशका सुरक्षाकर्मीप्रति सर्वसाधारणको धारणामा परिवर्तन आएको छ। संयुक्त गस्तीमा गएका सुरक्षाकर्मीले सीमा क्षेत्रका बस्तीमा छलफल र अन्तर्त्रि्कया समेत गर्ने गरेका छन्।'

संविधान र सिमांकनप्रति असन्तुष्टि जनाउँदै ६ महिनादेखि जारी आन्दोलनको आडमा सशस्त्र सीमा सुरक्षा बलले लामो समयदेखि भारत संग सिमा जोडिएका महोतरीमा गस्ती गर्न छाडेपछि सीमा सुरक्षा कमजोर भएको थियो।

सीमा गस्तीका लागि स्थापना गरिएको ६ वटा बीओपी (बोर्डर आउट पोष्ट) मा इन्सपेक्टरको कमाण्डमा ५० जना सुरक्षा बल गरी कुल तीन सय जनशक्ति परिचालन गरिएको छ। तर ती पोष्टका जवानहरु पोष्ट छाडेर बाहिर ननिस्कने गरेकाले गस्ती प्राय गस्ती नहुने गरेको सीमा आसपासका स्थानीय बताउँछन्।

उता भारतले भने उत्तिकै लम्बाईमा अत्याधुनिक हतियारसहितको एसएसबीको १० वटा पोष्ट राखेको छ। भारतीय एसएसबीले दुई र दुई जनाको समूहमा भएपनि सीमामा २४ घण्टा तैनाथ रही पूर्वपश्चिम दशगजामा हतियारसहित घुमिरहने स्थानीय बताउँछन्।


संयुक्त गस्तीमा नेपाल र भारतका सुरक्षाकर्मी Reviewed by marumala srinu on 4:02 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.