लण्डनमा बस्ने नेपालीहरूलाई दुखद खबर ।अब वार्षिक ३३ लाख कमाउन नसक्नेले लण्डन बस्न नपाँउने ।
वार्षिक ३३ लाख रुपैयाँ कमाउन नसक्ने व्यक्ति अब बेलायतमा बस्न नपाउने भएका छन्। बेलायतले सो सम्बन्धी कानून बनाउँदै गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। सो कानून पारित भएपछि ठूलो संख्यामा तेस्रो मुलुकबाट गएका र मध्यम आए भएका व्यक्ति प्रभावित हुनेछन्।
सो कानूनका अनुसार वार्षिक ३३ लाख ७२ हजार रुपैयाँ भन्दा कम आए भएका गैर युरोपियनलाई आफ्नो मुलुक फिर्ता गरिने छ। बेलायतले स्थानीय रोजगारलाई प्रोत्साहन गर्न र विदेशी कर्मचारीको संख्या कम गर्न सो कानून बनाउन लागेको हो।
सो कानून पारित भएपछि त्यसबाट ४० हजार मानिस प्रभावित हुने संचारमाध्यमले उल्लेख गरेका छन्। २०११ पछि बेलायत आउने मानिसलाई यो नियम लागू हुनेछ। सो कानूनको विरुद्ध एक लाख मानिसले लिएको याचिका माथि संसदमा बहर जारी छ, तर सरकारले सो नियमबाट पछि नहट्ने जनाएको छ। नागरिक न्युज बाट
लण्डनमा बस्ने नेपालीहरूलाई दुखद खबर ।अब वार्षिक ३३ लाख कमाउन नसक्नेले लण्डन बस्न
नपाँउने ।
Reviewed by marumala srinu
on
10:26 AM
Rating:
No comments: