मेट्रो बस चलेको दोस्रो दिनमै ढुंगा प्रहार ।
बादरलाई नरिवल लौरो न हतियार भनेको सायद यस्तै हो । जब सम्म हामी दरिद्र मानसिकता माझेर नयाँ र फराकिलो सोच स्थापित गर्न सक्दैनौ तब सम्म हरेक नयाँ सोच भएकाहरुले दुख पाई रहनु पर्ने स्थिति देखिन्छ ।
राम्रो डाक्टर आयो भने त्यसलाई लखट्ने किनकी "पुरानो नराम्रा क्वाक डाक्टर"को व्यापार चल्दैन । राम्रो कर्मचारी आएसी अन्कटार ठाउँमा सरुवा गर्दिने किनकी लेनदेन यहाँ रोकिन सक्छ । राम्रो नेता उठेसी हराई दिने किनकी हाम्रो फाइदा अनुरुप काम नहुन सक्छ । राम्रो बस आएसी चल्न नदिने किनकी हाम्रो थोत्रो बस नचल्न सक्छ । ओई फुटाssss !
हे भगवान यसरी कसरी चल्छ ? राम्रो त केही देख्न न हुने । कति राम्रो राजधानीको चक्रपथमा अत्याधुनिक प्रविधीजडित ३९ वटा हाइटेक मेट्रो बस आइतबारदेखि गुड्न थाले रे भन्दा कति खुसी लागेको थियो ।
कसले सम्झाउछ सम्झाउनु होस है । ती फुटाउने फटाहहरुलाई ...!
मेट्रो बस चलेको दोस्रो दिनमै ढुंगा प्रहार ।
Reviewed by marumala srinu
on
10:39 AM
Rating:
Reviewed by marumala srinu
on
10:39 AM
Rating:


No comments: