Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

नेपाली सेनाले भन्यो–देश टुक्राउन खोज्नेलाई छोड्दैनौं

काठमाडौंः केही समयता देशका तराई तथा अन्य क्षेत्रमा राष्ट्रिय अखण्डताविरोधी क्रियाकलाप नियन्त्रण गर्न कडारुपमा प्रस्तुत हुने संकेत नेपाली सेनाले दिएको छ । 
 
आइतबार सम्मपन्न पृतनापतिहरुको समन्वयात्मक बैठकमा मन्तब्य दिँदै प्रधान सेनापति राजेन्द्र क्षेत्रीले देश टुक्राउन खोज्ने दल र समूहविरुद्ध सेना कडारुपमा प्रस्तुत हुने संकेत दिएका हुन् । 

जंगी अड्डामा बसेको पृतनापतिहरुको बैठकमा समापन मन्तब्य दिने क्रममा प्रधान सेनापति क्षेत्री देश टुक्राउन खोज्ने समूह र दलहरुबारे सेना जानकार रहेको बताउँदै त्यस्ता समूहविरुद्ध सरकारको निर्देशनमा सेना स्वतः परिचालन हुने बताएका हुन् । 
 
उनले समापन मन्तब्यमा भने, ‘अहिलेको अवस्था उत्पन्नसुरक्षा चुनौतीको दिगो समाधान राजनीतिक रुपमा गरिनुपर्ने भएतापनि देश नै टुक्राउने खालका तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पु¥याउने प्रवृत्तिका सुरक्षा चुनौतीहरु श्रृजना भएमासरकारको निर्देशानुसार विधिसम्मत् तरिकाले नेपाली सेना स्वतः परिचालन हुनेछ ।’
 
पृतनापतिहरुको बैठकले देशको विद्यमान परिस्थितिप्रति नेपाली सेना पूर्णरुपमा सचेत रहेको जनाउँदै उत्पन्न परिस्थिति तथा सरकारले तोकेको कुनैपनि जिम्मेवारी बहन गर्न सदैव तयार रहने निचोड निकालेको छ र 
 
पृतनापतिको बैठकले भूकम्पबाट अति प्रभावित जिल्लाहरुमा सरकारले पुनःनिर्माण लागि जिम्मेवारी दिएमा यथाशिघ्र कार्य गर्न तयार रहने निष्कर्ष समेत निकालेको छ ।
 
पृतनापतिहरुले आ–आप्mनो क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्नसक्ने चुनौतीहरु एवम् सुझावहरुबारे प्रस्तुति गरेका थिए । बैठकमा वर्तमान वस्तुस्थितिबाट उत्पन्न सुरक्षा चुनौतीहरु तथा समसामयिक बिषयमा छलफल र अन्तरक्रिया भएको जानकारी सैनिक जनसम्पर्क निदेर्शनालयले दिएको छ  ।
 
प्रत्येक वर्ष सेना दिवसको अवसरमा नियमित बस्दै आएको पृतनापतिहरुको यो समन्वयात्मक बैठकले देशको अवस्थाको समीक्षा, सेनाको भूमिका र आगामी कार्यदिशाको रणनीति पनि तय गर्ने गरेको छ । 


नेपाली सेनाले भन्यो–देश टुक्राउन खोज्नेलाई छोड्दैनौं Reviewed by marumala srinu on 4:35 PM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.