सुरक्षा निकायमा १० हजार महिला, सबैभन्दा धेरै प्रहरीमा
२६ फागुन, काठमाडौं । सुरक्षा निकायमा कार्यरत महिलाको संख्या करिब १० हजार पुगेको छ ।

पछिल्लो समय नेपाल प्रहरीमा महिलाको सहभागिता बढ्दै गएको छ । डिआइजी पदबाट अवकाश पाएकी विमला थापा आफूहरु भर्ना हुने समयमा महिलाहरु सुरक्षा निकायमा भर्ना हुने चलन नै नभएको बताउँछिन् ।
करिब ९० हजार फैज रहेको नेपाली सनेनामा तीन हजार तीन सय आठजना महिला कार्यरत छन् । सेनामा माथिल्लो तहमा धथोरै मात्र महिला छन् । सेनामा मात्र महिला एक सहायक रथी छिन् ।
सशस्त्र प्रहरी बलमा १८ सय १९ जना महिला कार्यरत छन् । सशस्त्रमा एक एसपी, पाँच डिएसपी, ३७ इन्सपेक्टर, ३७ सइ, १५ असइ, एक वरिष्ठ हवल्दार रहेका छन् ।
No comments: