
कोशी हरैचा-२ घर भएका ४० बर्षीय धनबहादुर श्रेष्ठलाई प्रहरीले ९ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरेको छ ।
लेटाङ भोगटेनी नगरपालिका-५ आफन्तको घरमा बस्दै आएका श्रेष्ठले स्थानीय ९ वर्षया बालिकालाई बलात्कार गरेको अभियोग लागेको छ |
९ वर्षया बालिकालाई माघ ६ गते सोही ठाउँको तुर्के खोलामा लगेर बलात्कार गरेको पीडितका आफन्तको उजुरीका आधारमा प्रहरले पक्राउ गरेको हो ।
पीडित बालिकाको स्वास्थ्य परिक्षण गराई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
No comments: