Top Ad unit 728 × 90

[समाचार][ticker][#fc0000]

रुसले सिरियामा हवाइ हमला जारी राख्ने'

एकजना उच्च अधिकारीले भनेका छन्, रुसले सिरियाबाट आफ्ना धेरै फौज फिर्ता लिए पनि हवाइ हमला जारी राख्नेछ।

सिरिया सरकारलाई सहयोग गरेको यो अभियानपछि बोल्दै रुसी सहायक रक्षा मन्त्री निकोलाई पानकोभले आतंकवादलाई पराजित गर्नेबारे बोल्ने बेला नभएको भनेका छन्। 

सोमबार राष्ट्रपति भ्लादिमिर पुटिनको एकाएक आएको घोषणा पछि मंगलबार रुसी सेना सिरियाबाट हट्न थालेका हुन्।

अपेक्षा

केही सेना रुस पुगिसकेका छन्।द्वन्दको अन्तय गर्ने उद्देश्यले दोश्रो दिन पनि शान्ति वार्ता जारी छ।

वार्ताका मध्यस्थकर्ता संयुक्त राष्ट्रसंघका विशेष दूत स्टफान डा मिस्तुराले रुसको कदमको स्वागत गरेका छन्।

उनले भने, “यो चरणको वार्ताको शुरुवातमै आएको राष्ट्रपति पुटिनको घोषणा एउटा उल्लेखनीय प्रगति हो। यसले वार्तामा सकारात्मक प्रभाव पार्ने हामीले अपेक्षा राखेका छौं।”

रुसको रक्षा मन्त्रालयको भिडियोमा मंगलबार बिहान केही रुसी विमान सिरियाको ह्मेमिम हवाई अड्डाबाट छुटेको र हावामा उडिरहेको देखिएको छ।

जिम्मेवारी

त्यहाँ उनीहरुलाई पादरीहरुले र बलुन लिएर आएका भीडले स्वागत गरेका थिए।

तर पानकोभले एउटा रुसी समूह भने सिरियामै रहने बताएका छन्।

रिआ समाचार संस्थाले उनको यस्तो भनाईलाई उद्धृत गरेको छ- “केही सकारात्मक परिणाम उपलब्ध भएका छन्। तर आतंकवादलाई पराजित गरेको भन्ने बेला भएको छैन। एउटा रुसी हवाई समूहलाई आतंकवादी क्षेत्रमा आक्रमण जारी राख्ने जिम्मेवारी छ।”

ईन्ट्राफ्याक्स समाचार संस्थाका अनुसार अर्का वरिष्ठ अधिकारी माथिल्लो सदनका रक्षा समिति प्रमुख भिक्टर ओजेरोभले ह्मिमिम र नौसेनाको आधारशिविर तार्तुसलाई सुरक्षा दिनका लागी २ बटालियन अर्थात ८०० सैनिक सम्म सिरियामा रहन सक्ने बताएका छन्।

सिरियाली सेनालाई तालिम दिईरहेका सैनिक सल्लाहकार पनि सिरियामै रहने उनले बताएका छन्।

घोषणा

क्रेमलिनका कर्मचारी प्रमुख सेर्गेई ईभानोभले रुसले अत्याधुनिक एस ४०० नामको क्षेप्यास्त्र पनि सिरियामै छोड्ने बताएका छन्।

रुसी समाचार संस्थाले उनको भनाइ उद्धृत गर्दै लेखेको छ- “जो बाँकी छन् तिनीहरुका लागि भरपर्दो सुरक्षा हामीले छोड्नेछौं। सुरक्षा सुनिश्चित गर्नका लागि हामीलाई सबैभन्दा आधुनिक हवाई सुरक्षा प्रणालीको आवश्यकता छ।”

सिरियामा रुसी सेना घटाईने निर्णय सोमबार पुटिन र उनका रक्षा र विदेश मन्त्रीबीचको बैठकमा घोषणा गरिएको थियो।

रुस सिरियाली राष्ट्रपति बशर अल असदको महत्वपुर्ण समर्थक हो।

आरोप

यो कदम दुई देशको सहमतिमा भएको भन्दै असदको कार्यालयले दुई देशबीच फुट भएको हल्लालाई खण्डन गर्ने प्रयास गरेको छ।

सिरियामा रुसी हवाई हमला गत सेप्टेम्बर महिनामा शुरु भएको थियो र त्यसले सिरियाली सरकारलाई विद्रोही नियन्त्रित क्षेत्रहरु पुनः कब्जा गर्न निकै मद्दत गर्यो।

रुसका कति सैनिक सिरियामा खटाईएका थिए त्यो स्पष्ट छैन तर संयुक्त राज्य अमेरिकाले त्यो संख्या ३००० देखि ६००० सम्म हुन सक्ने अनुमान गरेको एपी समाचार संस्थाले जनाएको छ।

आफुले आतंकवादी समूहमाथि मात्रै हमला गरेको रुसले भन्दै आएको छ तर पश्चिमा शक्तिहरुले भने रुसले राष्ट्रपति असदका विपक्षीलाई निशाना बनाएको आरोप लगाउँदै आएका छन्।



रुसले सिरियामा हवाइ हमला जारी राख्ने' Reviewed by marumala srinu on 3:20 AM Rating: 5

No comments:

All Rights Reserved by Bhandafor Express © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.